Paschim Express
डडेल्धुरा अस्पतालमा ‘एक्स–रे फिल्म’ पनि छैन, कम्प्युटरबाट फोटो खिचेर डाक्टरलाई देखाउँदै बिरामी

डडेल्धुरा । सुदूरपश्चिमकै एक मात्र संघीय सरकार मातहत रहेको डडेल्धुरा अस्पतालमा ‘एक्स–रे फिल्म’ अभावका कारण समस्या भएको छ ।

‘एक्स–रे फिल्म’ नहुँदा अहिले त्यहाँ आउने बिरामीलाई एक्स–रे कम्प्युटरबाट खिचेर डाक्टरलाई देखाउन भनिदै आएको छ । बिरामीहरुले पनि आफ्नो मोबाइलबाट फोटो खिचेर सोही एक्स–रे डाक्टरलाई देखाउँदै आएका छन् । 

एक्स–रे फाँटका कर्मचारीले ‘एक्स–रे फिल्म’ सकिएकाले काठमाडौंबाट मगाएको र त्यो आउन अझै केही दिन लाग्ने बताएको एक बिरामीले बताए । 

यस विषयमा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सन्तोष कुमार गुप्तालाई बुझ्दा उनले गैर जिम्मेवार जवाफ दिएका छन् । त्यो विषयमा आफूलाई जानकारी नभएको उनले बताए । उनले भने, ‘यो कुरा तपाईंसम्म पुगिहाल्यो र ! ’

कहिलेसम्म ‘एक्स–रे फिल्म’ आउँछ भन्ने प्रश्नमा उनी भन्छन्, ‘अहिले जसरी तपाईंले थाहा पाउनुभयो त्यो आएपछि त्यसरी तपाईंले थाहा पाइहाल्नुहुन्छ ।’ 

प्रकाशित मिति: सोमबार, जेठ ७, २०८१  १२:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update