Paschim Express
डडेल्धुराको बैजनाथ माविको वार्षिकोत्सव सम्पन्न

डडेल्धुरा । डडेल्धुराको बैजनाथ माविको वार्षिकोत्सव सम्पन्न भएको छ । जिल्ला सदरमुकामको अमरगढी नगरपालिका वडा नम्बर २ मौरडामा रहेको विद्यालयको ६५ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको हो ।

सुदूरपश्चिम प्रदेशसभा सदस्य सरस्वती खड्काको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अरुणप्रसाद जोशीको अध्यक्षताम भएको हो ।

विद्यालयका प्रधानाध्यापक मोहनसिंह धामीका अनुसार कार्यक्रममा पुरस्कार वितरणसंगै सांस्कृतिक कार्यक्रम पनि भएका थिए । अभिभावकहरुलाई सम्मान पनि गरिएको विद्यालयका प्रधानाध्यापक धामीले जानकारी दिए ।

प्रकाशित मिति: मंगलबार, जेठ ८, २०८१  १८:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update