Paschim Express
परशुरामले जित्याे द्वीजगंगा मेमोरियल क्रिकेट प्रतियोगिताको उपाधि

डडेल्धुरा । डडेल्धुरामा भएकाे सम्पन्न द्वीजगंगा मेमोरियल टि-२० क्रिकेट प्रतियोगिताको उपाधि परशुराम नगरपालिकाकाे टिमले जितेकाे छ ।  मंगलबार सम्पन्न फाइनल खेलमा झिल्को न्यूज डटकम टीमलाई ५ रनको झिनो अन्तरले हराउँदै परशुरामले दोश्रो सस्करणको द्वीजगंगा मेमोरियल टि-२० क्रिकेट प्रतियोगिताको उपाधि चुमेको हाे ।

डडेल्धुराको रामलिला मैदानमा जेठ २ गतेबाट सुरु भएको दोस्रो सस्करणको प्रतियोगिताको फाइनल खेलमा टस जितेर परशुराम नगरपालिका टीमले व्याटिङ्ग गर्दै १३४ रन बनाएको थियो । प्रतिउत्तरमा झिल्को न्यूज डटकम टीमले १३० रन जोडेर उपविजेतामा सिमित बनेको हो ।

बिजेता परशुराम नगरपालिका टीमले नगद ७५ हजार प्रमाणपत्र र ट्रफी हात पारेको छ भने उपविजेता झिल्को न्यूज डटकम टिमले नगद ५० हजार प्रमाणपत्र र ट्रफीमा चित्त बुझाएको छ ।

प्रतियोगितामा बेस्ट बलर परशुराम नगरपालिका टीमका आयुश साउँद, बेस्ट व्याट्स म्यान परशुराम नगरपलिका टीमकै आयुष्मान शाही भएका छन भने झिल्को न्यूज डटकम टीमका कृष्ण भट्ट म्यान अफ दि सिरिज भएका छन् ।

सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष बाशुदेव जोशी, डडेल्धुरा जिल्ला क्रिकेट संघका अध्यक्ष हरि उप्रेती लगायत अतिथीहरुले विजेता तथा उपविजेता टीमलाई पुरस्कार प्रदान गरेका छन् ।

डडेल्धुराका कूल १२ वटा टीमले प्रतिष्प्रर्धा गरेको प्रतियोगिताका विजयी खेलाडीवाटे १९ वर्षमुनिको प्रदेश स्तरीय प्रतियोगिताको लागि जिल्लाको टिम छनोट गरिने डडेल्धुरा जिल्ला क्रिकेट संघका सचिव निरज रावलले बताए ।

प्रतियोगिताको पहिलो संस्करणको उपाधि पनि परशुराम नगरपालिका टीमले जितेको थियो ।

प्रकाशित मिति: बुधबार, जेठ ९, २०८१  १०:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update