Paschim Express
दार्चुलामा खाद्यान्न बोकेको ट्रक दुर्घटना, एकजनाको मृत्यु

डडेल्धुरा । धनगढीबाट खाद्यान्न बोकेर गएको ट्रक दुर्घटना भएको छ। आज (बिहीबार) बिहान खाद्यान्न बोकेको मिनीट्रक दार्चुलामा दुर्घटना भएको हो।

जिल्लाको महाकाली नगरपालिकाको खलंगाबाट दुहु गाउँपालिकाको हिकिलातर्फ जाँदै गरेको से १ ख १२५२ नम्बरको मिनीट्रक दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परेर ट्रकमा सवार दुँहु गाउँपालिका वडा नम्बर ३ ब्रहमदेब बस्ने अन्दाजी ४५ वर्षीय करनसिंह बोहराको मृत्यु भएको हो। उनको घटनास्थलमै मृत्यु भएको थियो।

ट्रक करिब चार सय मिटर तल महाकाली नदी किनारामा खसेको छ। ट्रक चालक फरार रहेका छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

 
प्रकाशित मिति: बिहीबार, असोज १८, २०८०  १३:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update