Paschim Express
रोजगारीका लागि भारत हिँडेका बैतडीका कैलाराम बेपत्ता

बैतडी । बैतडीका एक युवक रोजगारीको सिलसिलामा भारत जाँदै गर्दा बाटोबाटै बेपत्ता भएका छन् ।

जिल्लाको दोगडा केदार गाउँपालिका ३ का अन्दाजी ४० वर्षीय कैलाराम भुल रोजगारीको सिलसिलामा भारत जादै गर्दा बेङ्गलोर नपुगी बाटोबाटै बेपत्ता भएका हुन् ।

करिब एक हप्ता अगाडि रोजगारीका लागि बेङ्गलोर जान्छु भनि गएका कैलाराम बेङ्गलोर नपुगी बाटोमै बेपत्ता भएका दोगडाकेदार गाउँपालिका-३ का वडा अध्यक्ष कालुराम सार्किले बताए ।

बेङ्गलोर जाँदै गर्दा भारतको हुब्ली रेल्वे स्टेशनबाट भुल बेपत्ता भई तिन दिनसम्म पनि सम्पर्कमा नआएको पारिवारिक स्रोतले जनाएको छ ।  परिवारले खोज तलासका लागि सबैमा आग्रह गरेकाे छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ ११, २०८१  १६:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update