Paschim Express
बैतडीमा दिउँसै घरबाट सुन र नगद चोरी, गाउँमा पसेका थिए अनजान व्यक्ति

बैतडी । बैतडीका दुई घरबाट दिउँसै सुन र नगद चोरी भएको छ । पाटन नगरपालिका ४ बत्थीका गंगासिंह महरा र तारासिंह महराको घरबाट सुन र नगद चोरी भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए । 

बुधबार दिउँस गंगासिंह महराको घरबाट एक तोला चार आनाको गलोबन्द र ४ आनाको तिलरी चोरी भएको छ । यस्तै सोही ठाउँका तारासिंह महराको घरबाट २ आना र ५ आनाको दुईटा तिलरीसहित नगद ६ हजार तीनसय रुपैंया चोरी भएको प्रहरीले जनाएको छ । 

गाउँमा दिउँसो एकजना अपरचित व्यक्ति आएको जानकारी भएको तर को हो भन्ने कुरा अहिलेसम्म नखुलेको बताइएको छ । 

 चोरी कार्यमा संलग्न व्यक्तिको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: बिहीबार, असोज १८, २०८०  १४:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update