Paschim Express
१७ वर्षीया किशोरीलाई करणी गरेको आरोपमा  बाजुरामा  मदन पक्राउ

बाजुरा । बाजुरामा जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा जगन्नाथ गाउँपालिका–३ का २८ वर्षीय मदन ढोलीलाई गएराति प्रहरीले पक्राउ गरेको हो ।

ढोलीले ती किशोरीलाई पीडितकै घरमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी धुलाचौरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ ११, २०८१  १६:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update