Paschim Express
सुदूर पहाडमा पहिलोपटक आयोजित साहित्य महोत्सव सम्पन्न, के-के भयो ?

डडेल्धुरा ।  सुदूरपश्चिमको सुदूर बस्ती डडेल्धुरा जिल्लाको परशुराम नगर पालिका परिगाउँ परशुराम तीर्थमा परशुराम साहित्य महोत्स सम्पन्न भएको छ । महोत्सवको जेष्ठ १० गते सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा डा हेमराज पन्तले एक समारोहका बीच उदघाटन गरेका थिए । 

परशुराम नगरपालिकाको आयोजना र रंगुन साहित्य प्रतिष्ठानको सहकार्यमा सम्पन्न महोत्सवमा उद्यम र उद्यमशीलता बिषयमा कमला बोयुजु,सुनयना पाण्डे,श्रीकृष्ण अधिकारी बक्ता र टीकाराम यात्री सहजकर्ता थिए । दोस्रो सेसनमा सुदूरमा शिक्षा र स्वास्थका सकसमा सुदूरपश्चिम विश्वविद्यालय कुलपति डा हेमराज पन्त,सुदूरपश्चिम प्रदेश प्रमुख सचिब डा हरि लम्साल, स्वास्थ विद डा अरुणा उप्रेती, वक्ता र सहजीकरण राजेन्द्र बानियाको थियो ।

FB_IMG_1716638153599-1716638310.jpg
 काव्य अन्तर पुस्ता सम्वादमा डा नवराज लम्साल, विप्लव प्रतीक, सोझो गाउले र सहजीकरण दीर्घराज उपाध्यायको थियो । काव्य सन्ध्यामा कवि, गीतकार, गजलकार  हरु नवीन चिराग, तपेन्द्र घोरासैनी, कल्पना जोशी, सरस्वती बिष्ट, गणेश नेपाली, गङ्गा नेगी बिष्ट, खेम बतास, कल्याण ओझा, पुष्प पसेली, नरेन्द्र भट्ट, दमन महता, वसन्त प्रकाश जोशी, वीरबहादुर चन्द, यज्ञराज पन्त, बद्री सिंह खत्री, सोझो गाउँले र विप्लव प्रती को बेजोड प्रस्तुति रहेको थियो। 

काव्य सन्ध्या सभाको सञ्चालन कैलासकुमार पाण्डेयले गएका थिए । दोस्रो दिनको प्रथम सत्रमा पहाडकी रानी डडेल्धुरा सम्भावना कि खानी परशुराममा नेपाली काङ्ग्रेस डडेल्धुरा सभापति भीमबहादुर साउद, एमाले अध्यक्ष गजेन्द्रबहादुर शाही, माओवादी केन्द्रका अमर बोगटी वक्ता र बरुण पनेरु सहजकर्ता रहेका थिए भने दोस्रो सत्रको सहजीकरण  कैलासकुमार पाण्डेयले गरेका थिए ।  

वारीको परशुराम र पारीको पूर्णागिरी विषयमा पूर्णागिरी समिति उत्तराखण्डका अध्यक्ष किसन तिवारी,परशुराम तीर्थ सम्बन्धि जानकार तीर्थराज अवस्थी वक्ता रहेका थिए ।

धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाल, पञ्चदेवल नगरपालिका प्रमुख अम्बिका चलाउने मुख्य वक्ता रहेको सिहदरवार गाउँ-गाउँमा कति सहज कति चुनौति  कार्यक्रमको सहजीकरण पत्रकार टीकाराम यात्रीले र  आख्यानको वरिपरि विषयमा  मदन पुरस्कार बिजेता रामलाल जोशी, विवेक ओझा वक्ता रहेको सत्रको सहजीकरण टेकराज अवस्थी गरेका  थिए ।

 सबै कार्यक्रमको सञ्चालन परशुराम साहित्य महोत्सव आयोजक समिति संयोजक कैलासकुमार पाण्डेयले गरेका थिए । 

कार्यक्रममा विभिन्न विधामा कलम चलाउने सर्जकलाई सम्मान गरिएको  महोत्सव प्रचारप्रसार  समिति संयोजक भवानी अवस्थी रोशनले बताएका छन् । गुगुल्टीका सम्पादक वीरबहादुर चन्द विश्राम कंचनपुरलाई सिद्ध बैजनाथ काव्य साधन सम्मान, परशुराम पौराणिक आख्यान का लेखक किरण आचार्य नेपालगन्जलाई परशुराम साहित्य सधना, जनक रसीक दोरीका लेखक कैलालीलाई सहिद भीमदत्त साहित्य सम्मान, कसन कविता संग्रह का लेखक गणेशबहादुर नेपाली कैलालीलाई रंगुन साहित्य सम्मान, गजलकार निर्माला बोगटी बिष्ट डडेल्धुरालाई प्रथम महिला द्वारिकादेवी ठकुरान, पत्रकार डिआर पन्तलाई एनडी प्रकाश पत्रकारीता सम्मानबाट सम्मानित गरिएको थियो ।

डडेल्धुरा जिल्लाको दक्षिण भेकमा महाकाली नदी किनारमा परशुराम तीर्थ रहेको छ । पौराणिक गुरुकुल रहेको मान्यता बोकेको परशुराम तीर्थमा द्वापर युगमा देवब्रत भीष्म, द्रोणाचार्य र कर्णले धनुर्विद्या हासिल गरेका थिए भने ब्यासजीले स्कन्द पुराण यहि लेखेका थिए । स्कन्द पुराण लेख्दा यस ठाउको निकै ठूलो वर्णन गरेको स्कन्द पुराणको मानसखण्डमा उल्लेख गरिएको छ ।

दुरदराज बस्तीमा राष्ट्रिय महत्वका व्यक्तित्व आमन्त्रण गरि निकै ठूलो कार्यक्रम सफलता पूर्वक सम्पन्न गर्न सहयोग पुर्‍याउने सबैलाई नगर प्रमुख भरात जोशीले सबैलाई धन्यवाद दिएका थिए । 

कार्यक्रममा सुदूरपश्चिम साहित्य समाजका अध्यक्ष तीर्थराज पाण्डेय, राष्ट्रियता संरक्षण अभियानका अध्यक्ष हेमबाबु लेखक, गुगुल्टी बाङ्गमय प्रतिष्ठानका अध्यक्ष वीरबहादुर चन्द विश्राम लगायतका प्रबुद्ध वर्गको उपस्थिति थियो । 

FB_IMG_1716638119079-1716638375.jpg

महोत्सवमा डोटेली लोक संस्कृतिका विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको रंगुन साहित्य प्रतिष्ठानका अध्यक्ष वद्रीसिंह खत्रीले बताएका छन्  ।

प्रकाशित मिति: शनिबार, जेठ १२, २०८१  १७:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update