Paschim Express
सुदूरपश्चिममा सबैभन्दा कम बेरुजु गन्यापधुरा गाउँपालिकाको, डडेल्धुराका अन्य पालिकाको कति ?

डडेल्धुरा । सुदूरपश्चिम प्रदेशमा डडेल्धुराको गन्यापधुरा गाउँपालिकामा सबैभन्दा कम बेरुजु देखिएको छ । ८८ वटा स्थानीय तह रहेको सुदूरपश्चिम प्रदेशमा गन्यापधुरा गाउँपालिकामा सबैभन्दा कम बेरुजु आएको हो । 

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६१औँ वार्षिक प्रतिवेदनअनुसार गन्यापधुराको बेरुजु ०.२० प्रतिशत छ । गाउँपालिकाको १९ लाख ३३ हजार बेरुजु रकम रहेको प्रतिवेदनमा उल्लेख छ । सबैभन्दा बढी प्रतिशतका आधारमा दार्चुलाको शैल्यशिखर नगरपालिका र रकमका आधारमा कञ्चनपुरको भीमदत्त नगरपालिकामा बेरुजु आएको छ । 

यस्तै डडेल्धुरामा भने सबैभन्दा बढी नवदुर्गा गाउँपालिकामा २ करोड ७० लाख २८ हजार अर्थात २.७१ प्रतिशत बेरुजु आएको छ । यस्तै, आलिताल गाउँपालिका एक करोड ९७ लाख ६९ हजार अर्थात २.१३ प्रतिशत, भागेश्वर गाउँपालिका एक करोड ९३ लाख ४३ हजार अर्थात २.०८ प्रतिशत र अजयमेरु गाउँपालिका एक करोड ७६ लाख ९३ हजार अर्थात १.६२ प्रतिशत बेरुजु आएको छ । 

गन्यापधुराबाहेक अन्य गाउँपालिकाभन्दा नगरपालिकाको बेरुजु कम छ । जिल्ला सदरमुकाममा रहेको अमरगढी नगरपालिका एक करोड ११ लाख २२ हजार अर्थात ०.७१ प्रतिशत र परशुराम नगरपालिका एक करोड ११ लाख अर्थात ०.७५ प्रतिशत बेरुजु आएको छ । 

प्रकाशित मिति: सोमबार, जेठ १४, २०८१  २०:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update