Paschim Express
शिव शिखरसहित २९ सहकारीको छानबिन हुने

काठमाडौं । सहकारी ठगी प्रकरणको छानबिन गर्नका लागि गठन हुने संसदीय समितिको कार्यादेश (टिओआर) टुंगो लागेको छ ।

कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा मंगलबार बसेको कार्यदलको बैठकले टिओआरलाई अन्तिम रुप दिएको हो। कार्यदलले टिओआर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएको छ ।

कानुन मन्त्रीसमेत रहेका कार्यदलका संयोजक पदम गिरीका अनुसार मंगलबार बस्ने प्रतिनिधिसभा बैठकअघिको कार्यव्यवस्था परामर्श समितिको बैठकले संसदीय छानबिन समितिमा रहने सांसदहरुको नाम टुंगो लगाउनेछ ।

सात सदस्यीय समितिमा कांग्रेस र एमालेबाट दुई/दुई, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाबाट एक/एक जना रहने बताइएको छ।

समितिलाई प्रतिवेदन बुझाउनका लागि ३ महिनाको समय दिइएको छ। कार्यदलले टिओआरसँगै अनुसूची १ र २ मा गरी अध्ययन गर्ने २९ वटा सहकारीका नाम उल्लेख गरेको छ ।

हेर्नुहोस्, सहमति :

nullnullnull

प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१  १४:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update