Paschim Express
डडेल्धुरा अस्पताललाई ५०० शय्यामा स्तरोन्नति गरिने

डडेल्धुरा । सरकारले डडेल्धुरा अस्पताललाई पाँच सय शय्यामा स्तरोन्नति गर्ने भएको छ । अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१र८२ को बजेट भाषणमा सो घोषणा गरेका हुन् । 

सुदूरपश्चिमको एकमात्र संघीय अस्पतालका रुपमा रहेको डडेल्धुरा अस्पताललाई पाँच सय शय्याको बनाउने प्रस्ताव अगाडि बढाएको लामो समय भएको छ ।

अस्पतालले ओ एण्ड एम सर्भे गर्दै अस्पताललाई पाँच सय शय्यामा स्तरोन्नति गर्न प्रस्ताव गरेको थियो । स्तरोन्नतिका लागि ओ एण्ड एम सर्भे गरेर स्वास्थ्य मन्त्रालयलाई पठाइएको थियो । मन्त्रालयले विभिन्न चरणमा छलफल गरेर स्विकृत गर्दै अर्थ मन्त्रालय पठाएकोमा त्यहाँबाट अगाडि बढेको थिएन ।

उक्त प्रस्ताव पारित भए ४० विभाग र ४० एकाईका पाँच सय शय्या सञ्चालन हुनेछन् । अस्पतालमा १२औं तहको निर्देशक तथा एक सय ९८ जना चिकित्सकसहित एक हजार ८७ दरबन्दी हुनेछ । अहिले अस्पतालमा एक सय शय्या मात्रै सञ्चालनमा छ । दरबन्दी पनि उपक्षेत्रीय अस्पतालको मात्रै स्विकृत छ ।

 

प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१  १६:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update