Paschim Express
सुदूरपश्चिमका तीन पहाडी जिल्लामा नियमित उडान सुरु, भाडा कति ?

डडेल्धुरा । धनगढीदेखि सुदूरपश्चिमका पहाडी जिल्लामा हुने उडान पुनः सुचारु भएको छ । पाँच महिनादेखि रोकिएको उडान सेवा पुनः सुचारु भएको हो ।

गत चैतदेखि बझाङ, बाजुरा र अछामको हवाई उडान नगरेको समिट एयरले बिहीबारदेखि नियमित उडान सुरु गरेको जनाएको छ । समिट एयरका सुदूरपश्चिम प्रमुख किशोर खड्काले बिहीबारदेखि नियमित उडान सुरु गरिएको जानकारी दिए। उनकाअनुसार अबदेखि तीनै जिल्लामा हप्ताको दुई दिन नियमित उडान हुनेछ । खड्काले प्रत्येक हप्ताको सोमबार र बिहीबार बझाङ, बाजुरा र अछाम उडान गरिने बताए ।

समिट एयरले धनगढी–बझाङको भाडादर ७ हजार रुपैयाँ कायम गरिएको जनाएको छ। बाजुराको भाडादर ७ हजार ५ सय र अछामको भाडादर ५ हजार कायम गरिएको छ । समिट एयरले धनगढीदेखि बझाङ २२ मिनेट, अछाम १७ मिनेट र बाजुरा २८ मिनेटको उडान अवधि रहने जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, असोज १८, २०८०  १६:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update