Paschim Express
एक किलो बढी चरेससहित डडेल्धुराको चमडाका बोहरा पक्राउ

डडेल्धुरा । डडेल्धुरामा लागुऔषध चरेससहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा अजयमेरु गाउँपालिका–२ चमडाका ५५ वर्षीय डम्बरसिंह बोहरा रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

मंगलबार साँझ गोप्य सूचनाको आधारमा प्रहरी टोली खटि गई बोहराको घरको माथिल्लो कोठाबाट १ किलो २०० ग्राम चरेसजस्तो देखिने कालो पदार्थ बरामद गरिएको हो ।

पक्राउ परेका बोहरालाई जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा ल्याई थप अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१  २१:००
प्रतिक्रिया दिनुहोस्
Weather Update