Paschim Express
डडेल्धुराको आलितालमा ट्याक्टर दुर्घटना हुँदा एकजना घाइते

डडेल्धुरा । डडेल्धुराको आलिताल गाउँपालिकामा ट्याक्टर दुर्घटना भएको छ । गएराति करिब ८ बजेतिर घुम्तिबाट बालुवा लगेर चौड बण्डले जाने क्रममा से १ च २८३० नम्बरको ट्याक्टर दुर्घटना भएको हो ।

दुर्घटनामा परि ट्याक्टर साहु चालक समेत रहेका नरबहादुर गुरधामी घाइते भएका छन् । उनको कम्मर र हातमा चोट लागेको छ । 

घाइते गुरधामीको उपचार धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भइरहेको छ । ट्याक्टरलाई टर्निङ नपुग्दा ब्याक ल्याउने क्रममा दुर्घटना भएको आलिताल प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, जेठ १६, २०८१  ११:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update