Paschim Express
कञ्चनपुरका विपिन जोशीलाई बन्धक बनाएको ८ महिना पुग्यो, सरकार बेखबर

काठमाडौं । प्यालेस्टिनी लडाकु समूह हमासले कञ्चनपुरका विपिन जोशीलाई बन्धक बनाएर लगेको ८ महिना बित्दासमेत उनको अवस्थाबारे नेपाल सरकार बेखबर छ ।

गत असोज २० मा हमासको आतंकवादी आक्रमणबाट १० नेपाली युवासहित १ हजार १ सय ३९ जनाको इजरायलमा मृत्यु भएको थियो । त्यसै क्रममा हमास लडाकुले इजरायली र विदेशी गरी २ सय ५२ लाई बन्दी बनाएर लगेका थिए । 

मंसिर पहिलो साता बन्धक र कैदी साटासाट हुने गरी इजरायल र हमासबीच भएको अस्थायी युद्धविरामका क्रममा हमासले २२ विदेशी नागरिकसहित १ सय ५ जनालाई रिहाइ गरेको थियो ।

तर विपिनलाई रिहा गरिएन । हमासले बन्दी बनाएर लगेको बुधबार २ सय ३६ दिन पुगे पनि विपिनको अवस्थाबारे सरकारले अहिलेसम्म कुनै पनि जानकारी बाहिर ल्याएको छैन ।

विपिनका परिवारिक सदस्य किशोर जोशीका अनुसार सरकारका तर्फबाट विपिनबारे हालसम्म कुनै प्रष्ट जानकारी आएको छैन ।
 

प्रकाशित मिति: बिहीबार, जेठ १७, २०८१  १२:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update