Paschim Express
परशुराम नगरपालिकाले छोरी–बुहारी पढाउन १ लाख रुपैयाँसम्म छात्रवृत्ति दिने

 डडेल्धुरा । डडेल्धुराको परशुराम नगरपालिकाले छोरी-बुहारी पढाउन १ लाख रुपैयाँसम्म छात्रवृत्ति दिने भएको छ ।
नगरपालिकाका मेयर भरत जोशीका अनुसार नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ को स्वीकृत नीति बजेट, तथा कार्यक्रममा बमोजिम यो कार्यक्रम सञ्चालनमा ल्याएको हो ।

उनका अनुसार नगरपालिका भित्रका १२ वटै वडाका स्नातक वा स्नातकोत्तर तहमा प्राविधिक तथा व्यावसायिक शिक्षा अध्ययनरत छोरी बुहारीलाई प्रक्रिया पुरा गरेर छात्रवृत्ती प्रदान गरिनेछ । छात्रवृत्ति रकम न्यूनतम २५ हजारदेखि अधिकतम १ लाखसम्म हुनेछ ।

नगरपालिका अनुसार साधारण विषयमा स्नातक वा स्नात्तकोत्तर अध्यनरत छोरी–बुहारीलाई अधिकतम २५ हजार रुपैयासम्म छात्रवृत्तिका रुपमा दिइनेछ ।

शिक्षामा महिलाको पहुच र प्रोत्साहन बढाउन छात्रवृत्ति कार्यक्रम ल्याइएको मेयर जोशीले बताए । छात्रवृत्तिका लागि नगरपालिकाले आवेदनको माग समेत गरेको छ ।

प्रकाशित मिति: बिहीबार, जेठ १७, २०८१  १३:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update