डडेल्धुरा । हावाहुरीका कारण रुख ढलेपछि डडेल्धुराको अमरगढी नगरपालिका–३ रोडङामा रहेको सामुदायिक स्वास्थ्य युनिटमा क्षति भएको छ । बिहीबार दिउँसो चलेको हावाहुरीका कारण सल्लाको काँचो रुख ढल्दा भवनमा क्षति भएको वडाअध्यक्ष तिर्थबहादुर ऐरले बताए ।
उनले क्षतिबारे स्वास्थ्य इकाई र प्रहरीलाई खबर गरेको जानकारी दिए । ‘मान्छे पठाएर म आफैं त्यहाँ जान लागेको छु । अहिले क्षतिको पूर्ण विवरण आइसकेको छैन’ उनले भने ।
उक्त घटनामा मानवीय क्षति भने भएको छैन ।
प्रकाशित मिति: बिहीबार, जेठ १७, २०८१ १६:४२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय