Paschim Express
फरार सूचीमा रहेका अजयमेरुका भण्डारी पक्राउ 

डडेल्धुरा । डडेल्धुरा प्रहरीको फरार सूचीमा रहेका एकजना पक्राउ परेका छन् । अवैध हातहतियार मुद्दामा फरार जिल्लाको अजयमेरु गाउँपालिका–६ का ४२ वर्षीय बिरसिंह भण्डारी पक्राउ परेका हुन् । 

हिजो उनीलाई अस्थायी प्रहरी पोष्ट राजुलबाट खटिएको प्रहरी टोलीले घरबाटै नियन्त्रणमा लिएको हो ।

प्रकाशित मिति: शुक्रबार, जेठ १८, २०८१  १०:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update