Paschim Express
बझाङमा यार्सा टिप्न गएका दिपेन्द्रको हिउँमा चिप्लेर मृत्यु

बझाङ । बझाङमा हिउँमा चिप्लेर एक युवकको मृत्यु भएको छ ।

जिल्लाको सुर्मा गाउँपालिका–५ सैनगाउँका करिब ३२ वर्षीय दिपेन्द्र बोहराको हिउँमा चिप्लेर बिहीबार बिहान मृत्यु भएको हो ।

बुधबार श्रीमतिसहित यार्सा संकलनका लागि घरबाट हिँडेका बोहरा बिहीबार बिहान ५ बजे धौलढुंगामा एक्कासी हिउँमा चिप्लेको सुर्मा गाउँपालिकाकी उपाध्यक्ष रमलाकुमारी मन्डेल पुजाराले बताएकी छन् ।

उनीहरू दुई साना छोरा छिमेकीलाई छाडेर यार्सा संकलन गर्न निस्केका थिए ।

प्रकाशित मिति: शुक्रबार, जेठ १८, २०८१  १२:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update