Paschim Express
भारतमा २४ लाखका गहना चोरी गरेको आरोपमा डोटीका २ जना पक्राउ

काठमाडाैं । भारतमा चोरी गरेकाे आरोपमा डोटीका २ जना पक्राउ परेका छन् ।

राजस्थानको एक घरबाट २४ लाख भन्दा बढी नेपाली रुपैयाँ बराबरका गहना र नगद चोरी गर्ने डोटीका सुरेन्द्र आउजी र विनोद आउजी पक्राउ परेका हुन् । चोरीमा सङ्लन्न रवि आउजी भने फरार रहेका छन् ।

उनीहरूले सोमबार भारतको राजस्थानका मोड सिंहको घरबाट दुई लाख ६२ हजार सात सय चार नेपाली रुपैयाँ बराबरको भारतीय मुद्रा र २४ लाख नेपाली रुपैयाँ बराबरको सुन चोरी गरेका थिए । उनीहरू विरूद्ध राजस्थानको किशनगढ जिल्ला अजमेरमा सिँहले निवेदन दिएकाे पलिया प्रहरीले जनाएकाे छ ।

चोरी गरेको नगद र सुनसहित नेपाल प्रवेश गर्न लागेका उनीहरूलाई पलिया प्रहरीले पक्राउ गरेको हो । दुवैजनालाई राजस्थान पठाइएको छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ १८, २०८१  १२:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update