Paschim Express
सुदूरपश्चिम प्रदेशलाई झण्डै १४ अर्ब अनुदान

डडेल्धुरा । सुदूरपश्चिम प्रदेशले झण्डै १४ अर्ब संघीय अनुदान पाउने भएको छ ।

आगामी आर्थिक वर्ष ०८१/८२ मा वितरण हुने ९६ अर्ब ४५ करोड आठ लाख रुपैयाँमध्ये सुदूरपश्चिमका लागि १३ अर्ब ८३ करोड २१ लाख रुपैयाँ अनुदान राखिएको छ । 

समानीकरणमा आठ अर्ब ७२ करोड २७ लाख रुपैयाँ, ससर्तमा तीन अर्ब १३ करोड ३४ लाख रुपैयाँ, विशेषमा ५५ करोड ६० लाख रुपैयाँ र समपूरकमा एक अर्ब ४२ करोड रुपैयाँ अनुदान दिइनेछ ।

संघीय सरकारले आगामी आर्थिक वर्षमा प्रदेशलाई दिने अनुदान घटाएको हो । प्रदेशलाई दिने अनुदान घटाएको संघीय सरकारले स्थानीय तहलाई भने बढाएको छ । 

प्रकाशित मिति: शनिबार, जेठ १९, २०८१  १२:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update