Paschim Express
डडेल्धुरामा आजदेखि यू–१९ राष्ट्रिय क्रिकेटका लागि सुदूरपश्चिम छनोट

डडेल्धुरा । डडेल्धुरामा आजदेखि यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत सुदूरपश्चिम छनोट सुरु भइरहेको छ । एकदिवसीय फर्म्याटमा खेलाइने प्रतियोगिता जिल्लाको परशुराम नगरपालिकामा भइरहेको हो ।

प्रतियोगितामा नेपाल क्रिकेट संघ क्यान आबद्ध प्रदेशका ८ जिल्लाको सहभागिता रहने सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष वासुदेव जोशीले जानकारी दिए । सहभागी हुने टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह ए मा डडेल्धुरा, डोटी, दार्चुला र बैतडी  तथा समूह बी मा कञ्चनपुर, बझाङ, अछाम र कैलाली छन् । उद्घाटन खेलमा डडेल्धुरा र दार्चुला भिड्नेछन् ।

प्रदेशस्तरीय छनोटमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीबाट राष्ट्रिय प्रतियोगिता खेल्ने टोली घोषणा गरिने सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, जेठ २०, २०८१  ०८:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update