Paschim Express
डडेल्धुरामा टिपर दुर्घटना हुँदा युवकको मृत्यु

डडेल्धुरा ।  डडेल्धुरामा टिपर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । शनिबार साँझ जिल्लाको गन्यापधुरा गाउँपालिकामा टिपर दुर्घटना हुँदा अमरगढी नगरपालिका–१ का २२ वर्षीय केशव ऐरको मृत्यु भएको हो । 

भातकाँडाबाट रुवाखोला जाँदै गरेका बा०१००४क २२५३ नम्बरको टिपरका सहचालक रहेका उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । दुर्घटनापछि टिपरका चालक फरार रहेको बताइएको छ । 

प्रकाशित मिति: आइतबार, जेठ २०, २०८१  १०:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update