Paschim Express
बैतडीमा स्क्रब टाइफसको संक्रमणबाट वृृद्धको ज्यान गयो

बैतडीः बैतडीमा स्क्रब टाइफसको संक्रमणबाट एक जना बृद्धको मृत्यु भएको छ।

जिल्लाको दोगडाकेदार गाउँपालिका–६ गौकुराका ६८ वर्षीय शोभान सिंह भण्डारीको बिहीवार स्क्रब टाइफसको संक्रमणबाट मृत्यु भएको जिल्ला अस्पताल बैतडीका निमित्त प्रमुख डाक्टर भानु चालिसेले जानकारी दिए ।

उनका अनुसार उच्च ज्वरो आएर बुधबार जिल्ला अस्पताल आएका बृद्धको स्वास्थ्य चेकजाँच गर्दा स्क्रब टाइफसको संक्रमण देखिएको थियो।

यसका साथै ती बृद्धको रगतमा अक्सिजन कमी र मृगौला इन्जुरीको समस्या पनि देखा परेको डाक्टर चालिसेले बताए ।

अक्सिजनको कमी र थप उपचारको लागि आइसियु आवश्यकता पर्ने देखिएपछि धनगढी रेफर गरिएकोमा बाटोमै उनको मृत्यु भएको बताइएको छ ।

प्रकाशित मिति: बिहीबार, असोज १८, २०८०  २०:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update