Paschim Express
यू–१९ राष्ट्रिय क्रिकेटका लागि सुदूरपश्चिम छनोट परशुराममा सुरु, डडेल्धुराको विजयी सुरुवात

डडेल्धुरा । डडेल्धुरामा यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम छनोट सुरु भएको छ । नेपाल क्रिेकेट संघको वार्षीक कार्यक्रमअनुसार सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको आयोजना र परशुराम नगरपालिकाको सहकार्यमा प्रतियोगिता सुरु भएको हो । 

प्रतियोगितामा डडेल्धुराले विजयी सुरुवात गरेको छ । दार्चुलालाई ३३ रनले पराजित गर्दै डडेल्धुरा विजयी भएको हो । एकदिवसीय फर्म्याटमा भइरहेको प्रतियोगिता जिल्लाको परशुराम नगरपालिकास्थित रंग मैदानमा भइरहेको हो । 

प्रतियोगितामा नेपाल क्रिकेट संघ क्यान आबद्ध प्रदेशका ८ जिल्लाको सहभागिता रहेको सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष वासुदेव जोशीले जानकारी दिए । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ए मा डडेल्धुरा, डोटी, दार्चुला र बैतडी  तथा समूह बी मा कञ्चनपुर, बझाङ, अछाम र कैलाली छन् ।

 प्रदेशस्तरीय छनोटमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीबाट राष्ट्रिय प्रतियोगिता खेल्ने टोली घोषणा गरिने सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघले जनाएको छ ।
 

प्रकाशित मिति: सोमबार, जेठ २१, २०८१  ११:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update