Paschim Express
वातावरण दिवसको अवसरमा डडेल्धुरा जेसिजद्वारा उग्रतारा मन्दिर परिसरमा वृक्षारोपण

डडेल्धुरा । विश्व वातावरण दिवसको अवसरमा डडेल्धुरा जेसिजले वृक्षारोपण गरेको छ । दिवसको अवसरमा उग्रतारा मन्दिर परिसरमा वृक्षारोपण गरिएको जेसिज वर्ष २०२४ की अध्यक्ष लक्ष्मी ऐरले जानकारी दिइन् ।  

उनका अनुसार जिल्ला डिभिजन वन कार्यालयको सहयोगमा परिसरमा धुपी सल्ला, डाले घाँस, अमला आदी गरि करिब एक सय विरुवा रोपिएका छन् । 

3e9dfe15-9e3f-4da9-b87d-a94ac06bab84-1717575799.jpg

जेसिज डडेल्धुराले  बेलाबेला समयमा लागुऔषध र साइबर अपराध सम्बन्धी सचेतनामुलक कार्यक्रम पनि गर्दै आएको छ ।  जेसिज डडेल्धुराले जिल्लामा रहेका विकास, शुसासन, महिला सशक्तिकरण, लागूऔषध द्रुब्यसनी तथा नेतृत्व र व्यक्तित्व विकासका लागि अनवरत काम गरिरहेको अध्यक्ष ऐरले बताइन् । 

प्रकाशित मिति: बुधबार, जेठ २३, २०८१  १४:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update