Paschim Express
डडेल्धुरामा मनाइयो वातावरण दिवस

डडेल्धुरा । विश्व वातावरण दिवस डडेल्धुरामा पनि मनाइएको छ । ‘हाम्रो भूमि, हाम्रो भविष्य’ नाराका साथ दिवस मनाइएको हो । 

दिवसको अवसरमा जिल्ला सदरमुकाममा रहेको माउन्टेन यङलिस बोर्डिङ स्कुलले ¥याली निकालेको छ । विद्यालयको इको क्लबको आयोजनामा सुरु भएको ¥याली बजार परिक्रमा गर्दै विद्यालयमा पुगेर समापन भएको थियो । 

यस्तै, दिवसको अवसरमा डडेल्धुरा जेसिजले वृक्षारोपण गरेको छ । उग्रतारा मन्दिर परिसरमा वृक्षारोपण गरिएको जेसिज वर्ष २०२४ की अध्यक्ष लक्ष्मी ऐरले जानकारी दिइन् । उनका अनुसार डिभिजन वन कार्यालयको सहयोगमा परिसरमा धुपी सल्ला, डाले घाँस, अमला आदी गरि करिब एक सय विरुवा रोपिएका छन् । 

हरेक वर्ष जुन ५ तारिखका दिन वातावरण दिवस विश्वव्यापी रुपमा मनाउने गरिन्छ । संयुक्त राष्ट्र सङ्घले सन् १९७२ को जुन १६ मा विश्व वातावरण सम्मेलनको आयोजना गरेको थियो । यो सम्मेलनमा वातावरण संरक्षणका लागि विश्वभर राजनीतिक र सामाजिक जनचेतना जगाउनुपर्ने विषय उठेको थियो । 

प्रकाशित मिति: बुधबार, जेठ २३, २०८१  १६:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update