Paschim Express
अन्धकारमा सुदूरपश्चिमका ७ पहाडी जिल्ला

डडेल्धुरा । ३२ केभीको विद्युत लाइन बिग्रिएपछि सुदूरपश्चिम प्रदेशका ७ पहाडी जिल्ला अन्धकारमा छन् । बुधबार साँझ चलेको हावाहुरीका कारण कैलालीको अत्तरिया ग्रिडबाट पहाडका सात जिल्लाहरुमा प्रवाह हुने ३२ केभी लाइनमा असर पुग्दा विद्युत आपूर्ती बन्द भएको हो ।

राति परिसकेकाले विद्युत लाइन बिग्रिएको स्थान पत्ता लगाउन नसकिएको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र डडेल्धुराका कार्यालय प्रमुख रमेश अवस्थीले जानकारी दिए ।

उनका अनुसार ३२ केभी लाइनको अत्तरियादेखि पहाडतिर ४० किलोमिटरको आसपासमा समस्या देखिएको छ । त्यसकारण आज राति मर्मतको काम हुने सम्भावना नरहेको बताइएको छ ।

बिजुली नहुँदा सातै जिल्लावासीको जनजीवन कष्टकर बनेको छ ।

प्रकाशित मिति: बुधबार, जेठ २३, २०८१  २१:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update