Paschim Express
कैलालीमा हावाहुरीले रुख ढल्दा बालिकाको मृत्यु

कैलाली ।  कैलालीको टीकापुरमा हावाहुरीले रुखको हाँगा खस्दा एक बालिकाको मृत्यु भएको छ।

टीकापुर नगरपालिका–१ बिशालनगरकी १५ वर्षीया प्याउरी बि.कको बुधवार मृत्यु भएको हो ।

हावाहुरीका कारण घर नजिकै रहेको साजको रुख घरको आगनमा ढलेर उनको गर्धनमा हाँगा लागेर च्यापिएपछि घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ। 

प्रकाशित मिति: बिहीबार, जेठ २४, २०८१  १३:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update