Paschim Express
बैतडीको सुर्नया पूर्ण खोप सुनिश्चित पालिका घोषणा

बैतडी  । बैतडीको सुर्नया गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा भएको छ । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिंह महराका अनुसार बुधबार एक कार्यक्रमको आयोजना गरी पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो ।

पालिकाभरीका खोप पाउने उमेर समूहका जन्मदेखि १५ महिनासम्मका ४३६ बालबालिका र १६ देखि ५९ महिनासम्मका १ हजार ३१४ बालबालिकाले राष्ट्रिय खोप तालिका अनुसार खोप पाइसकेपछि पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको बताइएको छ ।

बालबालिकाहरुलाई विभिन्न १३ रोगविरुद्ध ९ ओटा खोपहरु नियमित रुपमा दिने गरिएको छ ।

प्रकाशित मिति: बिहीबार, जेठ २४, २०८१  १३:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update