Paschim Express
डोटीमा चट्याङ लागेर एक महिला घाइते

डोटी । डोटीमा चट्याङ लागेर एक महिला घाइते भएकी छन् । बुधबार साँझ खाना पकाइरहेका बेला चट्याङ लागेर बडीकेदार गाउँपालिका-१ रिसडीकी कल्पना (जेठारा) बोहरा घाइते भएकी हुन् ।

घाइते बोहको धनगढीको निसर्गमा उपचार भइरहेको उनका देवर शेरबहादुर बोहराले बताए ।

प्रकाशित मिति: बिहीबार, जेठ २४, २०८१  १३:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update