Paschim Express
बझाङमा २ जनामाथि बँदेलको आक्रमण

बझाङ । बझाङमा गोरु बाख्रा चराइरहेका दुई जना बँदेलको आक्रमणमा परेका छन् । जिल्लाको जयपृथ्वी नगरपालिका-६ नौराका १७ वर्षीय सुन्दर आग्री र ६१ वर्षीया खिन्ता आग्री बँदेलको आक्रमणमा परेका हुन् ।

प्रहरीका अनुसार बुधबार सोही वडास्थित जङ्गलमा गोरु बाख्रा चराइरहेका बेला उनीहरुलाई बँदेलले आक्रमण गरेको थियो । बँदेलको आक्रमणबाट घाइते सुन्दरको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको र खिन्तालाई धनगढी रिफर गरिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, जेठ २४, २०८१  १३:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update