Paschim Express
विपिन जोशी चाँडै रिहा हुने विश्वास छ : इजरायली राजदूत गोडर

काठमाडाैं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी र नेपालका लागि इजरायली राजदूत हनान गोडरबीच शिष्टाचार भेटघाट भएको छ।

आज मन्त्रालयमा भेट गर्दै मन्त्री चौधरीले नेपाल र इजरायलबीच सन् १९६० मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै मित्रता, सद्भाव, समझदारी र सहयोगको सुमधुर द्विपक्षीय सम्बन्ध रही आएको बताउँदै हमासको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाइका लागि पहल गरिदिन राजदूत गोडरलाई आग्रह गरिन् । त्यस क्रममा राजदूत गोडरले विपिन जोशी छिट्टै रिहा हुने विश्वास व्यक्त गरे । गोडरले जोशीका परिवारलाई आइतबार भेट्न जाने कार्यक्रम रहेको समेत बताए ।

यस्तै उनले  नेपालमा समानता, सशक्तीकरण, निर्णायक तहमा महिलाहरूको पहुँचका विषयमा इजरायलले नेपालबाट सिक्नुपर्ने उनको भनाइ थियो । राजदूत गोडरले जम्मा केयर गिभरमध्ये ७० प्रतिशत महिला केयर रहेको बताउँदै इजरायलको विकासमा नेपाली श्रमिकले पुर्‍याएको योगदानको प्रशंसा गरे ।

प्रकाशित मिति: बिहीबार, जेठ २४, २०८१  १३:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update