Paschim Express
डडेल्धुराको परशुरामबाट भन्सार छलीका सामान बरामद

डडेल्धुरा । डडेल्धुराबाट भन्सार छलीका सामान बरामद गरिएको छ ।

परशुराम नगरपालिका–५ परिगाउँ स्थित पर्शुराम धाम सडक खण्डबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी ५७ हजार ४५४ मूल्य बराबरको सामान बरामद गरिएको हो ।

उक्त मूल्य बराबरको चिनी, बिडी, पेय पदार्थ, चक्लेट, चप्पल लगायतका सामान प्रहरी चौकी शिर्षबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको डडेल्धुरा प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ २५, २०८१  ११:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update