Paschim Express
कैलालीको हाटखोलीमा अस्ताए डडेल्धुराका प्रतिक

डडेल्धुरा । डडेल्धुराका एक युवकको नदीमा डुबेर ज्यान गएको छ । शुक्रबार जिल्लाको अमरगढी नगरपालिका–२ कारीगाउँका २५ वर्षीय प्रतिक पन्तको कैलालीको गोदावरी नगरपालिका–८ स्थित हाटखोली भन्ने स्थानमा नदीमा डुबेर ज्यान गएको हो । 

उनी आफ्नो कार बुकिङमा चलाउँदै आएका थिए । शुक्रबार पनि सवारी लगेर उनी कैलाली गएको र गर्मीका कारण साथीहरूसँग नदीमा नुहाउन गएका थिए ।

निकै मिजासिलो व्यवहार भएका उनको मृत्युले साथीभाई तथा आफन्त स्तब्ध भएका छन् । 

प्रकाशित मिति: शुक्रबार, जेठ २५, २०८१  १६:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update