Paschim Express
सुदूरपश्चिम प्रदेशस्तरीय ‘श्रमाधान रोजगार मेला’ आजदेखि

डडेल्धुरा । सुदूरपश्चिम प्रदेशस्तरीय रोजगार मेला सुरु हुँदैछ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सुदूरपश्चिम प्रदेश सरकार र धनगढी उपमहानगरपालिकाको आयोजनामा दुई दिनसम्म उक्त मेला धनगढीमा भइरहेको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव वसन्तबहादुर बोहोराले मेलामा ३५ वटा कक्ष सञ्चालन भइरहेको जानकारी दिए ।

उपसचिव बोहोराले रोजगारीको खोजीमा रहेका व्यक्तिलाई रोजगार दातासम्म पु¥याउने उद्देश्यले श्रमाधान मेलाको आयोजना गर्न लागिएको भन्दै मेला रोजगारदाता र रोजगारीको खोजीमा रहेका व्यक्तिका लागि महत्त्वपूर्ण हुने बताए । 

नेपाल तालिम तथा रोजगार व्यवसायी महासङ्घ सुदूरपश्चिमका अध्यक्ष प्रमोद पाठकले रोजगारदाताले आवश्यकताअनुसारको श्रमिक नपाउने अवस्थालाई यस्ता मेलाले सम्बोधन गर्ने बताए ।

अबका दिनमा नेपालमा नै गरिखाने वातावरण सिर्जना गर्न, आन्तरिक रोजगारी सिर्जना गर्न, यहाँको रोजगारीको अवस्था बुझ्न तथा कस्तो खालको सीपको आवश्यकता पर्छ भन्ने विषयलाई सम्बोधन गर्न मेलाले थप सहयोग गर्ने अध्यक्ष पाठकले बताए ।

मन्त्रालयले आयोजना गरेको श्रमाधान रोजगार मेलाको सहआयोजकका रूपमा चेम्बर अफ कमर्स सुदूरपश्चिम प्रदेश, नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, होटल सङ्घ नेपाल, नेपाल तालिम तथा रोजगार महासङ्घ, नेपाल घरेलु तथा साना उद्योग व्यवसाय महासङ्घ छन् । 
 

प्रकाशित मिति: आइतबार, जेठ २७, २०८१  ०७:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update