Paschim Express
नेपालगन्जमा फेरि कर्फ्यु आदेश जारी

बाँके । नेपालगन्जमा पुनः विवाद उत्पन्न भएपछि फेरि कर्फ्यु लगाइएको छ । 

जिल्ला प्रशासन कार्यालय बाँकेले एक सूचना जारी गर्दै फेरि कर्फ्यु लगाइएको जानकारी दिएको हो । प्रमुख जिल्ला अधिकारी विपिन आचार्यद्वारा जारी गरिएको आदेशमा सामाजिक सञ्जालमा लेखिएको विषयलाई लिएर उत्पन्न विवादका कारण शुक्रबार बिहान ६ बजेदेखि राति ८ बजेसम्म नेपालगन्ज उपमहानगरपालिका क्षेत्रभित्र निषेधाज्ञा जारी गरिएको सूचनामा उल्लेख छ । 

यसअघि बिहीबार बिहान ८ बजेबाट राति ८ बजेसम्म १२ घण्टाका लागि  कर्फ्यु हटाएको  थियो ।

प्रकाशित मिति: शुक्रबार, असोज १९, २०८०  ०७:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update