Paschim Express
डडेल्धुराबाट दुई बालक हराए

डडेल्धुरा । डडेल्धुराबाट दुईजना बालक बेपत्ता भएका छन् । जिल्लाको अजयमेरु गाउँपालिका–२ टिटाली बस्ने टेकबहादुर शाहका छोराहरु ११ वर्षीय अमृत र ९ वर्षीय ललित बेपत्ता भएका हुन् ।

हिजो(शनिबार) साँझबाट उनीहरु गाउँबाटै बेपत्ता भएको परिवारिक स्रोतले जनाएको छ । परिवारले खोजीका लागि सबैमा आग्रह गरेको छ । फेला पार्नेले नजिकको प्रहरी अथवा ९८४८८८१८२५ र ९८४८७६८४७९ मा सम्पर्क गर्न आग्रह गरिएको छ । 

प्रकाशित मिति: आइतबार, जेठ २७, २०८१  १२:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update