Paschim Express
डडेल्धुरामा करेन्ट लागेर विद्युतका कर्मचारी घाइते

डडेल्धुरा । डडेल्धुरामा करेन्ट लागेर एक जना घाइते भएका छन् ।

जिल्लाको जोगबुढा विद्युत कार्यालयमा काम गर्दै आएका एक कर्मचारी शनिवार करेन्ट लागेर घाइते भएका हुन् । उनलाई एसटी पोल मर्मत गर्ने क्रममा एक्कासी करेन्ट लागेको थियो ।

घाइते हुनेमा परशुराम नगरपालिका–४ कटालका ४८ वर्षीय गणेश बाघ रहेका छन् । उनको धनगढीस्थित केजी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, जेठ २७, २०८१  १९:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update