Paschim Express
बझाङमा कृत्रिम अभ्यास  देखाउने क्रममा डुबेर सशस्त्रका जवानको मृत्यु

बझाङ । बझाङमा बाढी र त्यसले पार्ने क्षति न्यूनीकरण गर्न देखाउन लागिएको कृत्रिम अभ्यास देखाउने क्रममा डुबेर सशस्त्र प्रहरी बलका जवानको मृत्यु भएको छ ।

जिल्लाकै केदारस्युँ गाउँपालिका–७ घर भएका शशस्त्र प्रहरी जवान नरेन्द्र सिंह धामीको मृत्यु भएको हो । 

सोमबार बिहान सेती नदीमा जिल्लास्थित सुरक्षा बलको संयुक्त सिमुलेशनका क्रममा उनी डुबेका थिए । बेहोस अवस्थामा फेला परेका उनीलाई तुरुन्तै उद्धार गरेर उपचारका लागि जिल्ला अस्पताल बझाङमा लगिएको थियो । तर, अस्पतालले उनीलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । 

प्रकाशित मिति: सोमबार, जेठ २८, २०८१  ११:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update