Paschim Express
सुदूरपश्चिममा एमाले र माओवादी सरकारमा जाने तयारीमा

धनगढी- सुदूरपश्चिम प्रदेशमा नेकपा एमाले र माओवादी केन्द्र सरकारमा जाने तयारीमा रहेका छन् । नेकपा एमाले र माओवादी केन्द्र सरकारमा जाने भएपछि उनीहरूलाई ३-३ मन्त्रालय दिने तयारी गरिएको छ।

दिर्घ सोडारी नेतृत्वको सरकारमा समान हैसियतका दुई ठुला दल नेकपा माओवादी र नेकपा एमाले सहभागी भएको छैन ।

मन्त्रीको नाम पठाउनका लागि सत्तारुढ दल नेकपा माओवादी केन्द्रको बैठक आज बस्दैछ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीका लागि प्रदेश संसदीय दल र पार्टी नेतृत्वलाई जानकारी गराइसकिएको बताइएको छ ।

प्रधानमन्त्रीनिकट स्रोतका अनुसार अर्थ मन्त्रालय एमालेको भागमा परेको छ । आज साढे ११ बजे माओवादी केन्द्र सुदूरपश्चिमको संसदीय दलको बैठक बस्ने र सोही बैठकले मन्त्रीको नाम सिफारिस गर्ने बताइएको छ ।

माओवादीबाट सामाजिक विकास मन्त्रीमा ओमविक्रम भाटको नाम पठाउने तयारी भएको छ । यसबाहेक तत्कालका लागि अक्कल रावल र लक्ष्मी विक विना विभागीय मन्त्रीको सपथ लिनेछन् । एक दुई दिनमै उनीहरुको समेत मन्त्रालय टुङ्गो लाग्ने बताइएको छ ।

भाट कञ्चनपुर,रावल अछामबाट प्रत्यक्ष निर्वाचित सांसद हुन भने विक समानुपातिक सांसद हुन् ।

प्रकाशित मिति: सोमबार, जेठ २८, २०८१  १२:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update