Paschim Express
पुनर्निर्माणमा ढिलाई हुँदैन : मुख्यमन्त्री शाह

बझाङ । भूकम्प प्रभावित बासिन्दाको घरघरमा पुगेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पुनर्निर्माणमा ढिलाई नहुने प्रतिवद्द्ता जनाएका छन् ।

६.३ रेक्टर स्केलको भूकम्पपछि ठूलो भौतिक क्षति पुगेको बझाङका गाउँगाउँमा पुगेर मुख्यमन्त्री शाहले यस्तो प्रतिवद्द्ता जनाएका हुन् । `भूकम्पको वास्तविक तथ्यांक संकलनका लागि छिट्टै प्राविधिकको टिम परिचालन गरिरहेका छौं,´ मुख्यमन्त्री शाहले भने, `उक्त टोलीले कुन घरको अवस्था कस्तो छ भनेर छुट्याउछ । त्यसपछि आवश्यकता पनि पहिचान हुन्छ । अनि द्रुत गतिमा पुनर्निर्माण हुन्छ ।´ 

मुख्यमन्त्री शाहले स्थानीय, प्रदेश र संघीय सरकार मिलेर पुनर्निर्माणको योजना अगाडि बढाउने बताए । प्रदेशका आन्तरिक मामिलामन्त्री शिवराज भट्टसहित बझाङ पुगेका मुख्यमन्त्री शाहले बिहीबारदेखि प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरिरहेका छन् । 

बझाङ पुगेपछि सबैभन्दा पहिले मुख्यमन्त्री शाहको टोलीले भूकम्पबाट पालिकामा भएको क्षति, राहत, उद्घार र पुनर्स्थापनाका योजनाका बारेमा छलफल गरेको थियो ।

यस्तै मुख्यमन्त्री शह नेतृत्वको टोलीले जिल्लाको झोतामा रहेका स्थानीयसंग छलफल, थलारा गाउँपालिका-३ कुचमा भूकम्पबाट क्षति पुगेका भौतिक सरचनाको स्थलगत अवलोकन र पीडितसंग छ्लफल, दुर्गाथली गाउँपालिका- २ जौनार, जुजि, महालिङ्ग आधारभुत विद्यालय, छबिसपाथिभेरा गाउँपालिकाको जनप्रिय मावि बगरगाउँ, सोही पालिकाको बगरगाउँ , थलारा गाउँपालिका-९ चक्रेश्वरि मावि मालुमेला र बर्थिङ सेन्टरको स्थलगत अवलोकन र छलफल गरेको छ ।

यस्तै जिल्ला स्थितिप्रमुख जिल्ला अधिकारी र सुरुक्षा निकायका प्रमुखसँग भूकम्प पीडितलाई गर्ने सहयोगका बारेमा जानकारी  र जिल्लामा भूकम्प पछिको स्थितिको विषयमा पनि छ्लफल भएको छ । शुक्रबार जिल्ला सदरमुकामको जयपृथ्वी नगरपालिकामा प्रभावित क्षेत्रको अवलोकन गरिएको छ ।

प्रकाशित मिति: शुक्रबार, असोज १९, २०८०  १२:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update