Paschim Express
विदेश पठाउने भन्दै ठगी गरेको आरोपमा  डडेल्धुराका युवकसहित ६ जना पक्राउ

काठमाडौं । विदेश पठाउने भन्दै करिब एक हजार जना व्यक्तिबाट २ करोड ५० लाख ठगी गर्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ ।

कन्सल्टेन्सी खोलेर विभिन्न देश पठाउने भन्दै ठगी गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको हो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सुर्खेतका रेशम रावल, प्रेमबहादुर रावल, काभ्रेका सुरेन्द्र तामाङ, मोरङका सन्तविर घिमिरे, डडेल्धुराका राजेश साउद र अछामका टंकराज खनाललाई पक्राउ गरेको छ ।

उनीहरूले काठमाडौंको तीनकुनेमा युनिक कन्सल्ट्स, वर्ल्डवाइड कन्सल्ट्स, ग्लोबल ह्युमेन म्यानेजमेन्ट, रायन इजुकेसन कन्सल्टेन्सी र रावल टार्भल एन्ड टुर्स कम्पनी स्थापना गरेका थिए ।

उनीहरूले सामाजिक सञ्जालमा विज्ञापन गर्ने र विदेशी पठाउने आश्वासनमा सक्कली कागजपत्र लिने गरेका थिए ।

सक्कली कागज फिर्ता माग्दा प्रतिव्यक्ति डेढ लाखदेखि २ लाखसम्म मागेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, जेठ ३१, २०८१  १४:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update