Paschim Express
बैतडीमा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

बैतडी । बैतडीमा पुुरुषको कुुटाइबाट एक महिलाको मृत्युु भएको छ ।

जिल्लाको पाटन नगरपालिका–४ चिल्लेपानीका ६५ वर्षीय प्रताप सिंह ऐरीको कुटाइबाट उनकी श्रीमती ६० वर्षीया सुना ऐरीको मृत्यु भएको हो ।

मंगलवार घरायसी विवाद भएको र सोही क्रममा श्रीमानको कुटाइबाट गम्भीर घाइते भएकी सुनाको बुधवार उपचारको क्रममा डडेल्धुरा अस्पतालमा मृत्यु भएको हो ।

उपचारकै क्रममा उनको डडेल्धुरा अस्पतालमा बुधवार मृत्यु भएको प्रहरी निरीक्षक खेमविक्रम केसीले बताए । प्रहरीले श्रीमान ऐरीलाई नियन्त्रणमा लिएको छ ।  

प्रकाशित मिति: बिहीबार, जेठ ३१, २०८१  १४:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update