Paschim Express
डडेल्धुरामा एकै गाउँका २१ जना बिरामी, खाएका थिए रोपाइँको खाना

डडेल्धुरा : डडेल्धुरामा रोपाइँको खाना खाँदा एकै गाउँका २१ जना बिरामी परेका छन् । जिल्लाको परशुराम नगरपालिका–४ कटालका १२ महिला र ९ पुरुष गरि २१ जना एकसाथ बिरामी परेका हुन् ।

बिहीबार गाउँमा रोपाइँ गर्न गएका उनीहरू त्यहीँ खाना खाएर बिरामी परेको जोगबुडा अस्पतालका सूचना अधिकारी जयबहादुर धामीले बताएका छन्  । उनीहरू सबैजसोलाई झाडापखाला र वान्ता हुने समस्या देखा परेको उनले बताए । उनका अनुसार विरामी भएपछि हिजो(शुक्रबार) उनीहरू अस्पताल पुगेका थिए ।

अस्पताल आएकामध्ये ३ जना निको भएर फर्किएको र १२ जनाको उपचार गराइरहेका छन् । यस्तै ६ जनालाई थप उपचारका लागि धनगढी रिफर गरिएको सूचना अधिकारी धामीले जानकारी दिए ।

उनका अनुसार विरामीहरुलाई फुड पोइजनब भएको आशंका गरिएको छ । यद्यपि ल्याब टेस्टबाट मात्रै कारण थाहा हुने बताएको छ ।

 

 

प्रकाशित मिति: शनिबार, असार १, २०८१  ०८:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update