Paschim Express
डडेल्धुरामा मनाइयो निजामती कर्मचारी युनियनको स्थापना दिवस, फलफूल र भोजन दान

डडेल्धुरा । डडेल्धुरामा नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवस मनाइएको छ । जिल्ला सदरमुकाममा रहेको उग्रतारा वेद विद्याश्रममा अध्ययनरत बटुकलाई फलफूल र भोजन दान गर्दै स्थापना दिवस मनाइएको आधिकारीक ट्रेड युनियन डडेल्धुराका अध्यक्ष खेमराज पनेरुले जानकारी दिए ।


पनेरुको अध्यक्षतामा भएको फलफूल र भोजन दान कार्यक्रममा सुदूरपश्चिम प्रदेशसभा सदस्य सरस्वती खड्काको प्रमुख आतिथी रहेकी थिइन् । यस्तै कार्यक्रममा नेपाली कांग्रेस डडेल्धुराका सचिव शेरबहादुर भण्डारी र प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपाने विशिष्ट अतिथी रहेका थिए ।

प्रकाशित मिति: मंगलबार, भदौ १९, २०८०  १३:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update