Paschim Express
भूकम्प प्रभावित क्षेत्रको अवलोकन गर्न बझाङ पुगे प्रधानमन्त्री

बझाङ्ग । प्रधानमन्त्री पुष्पकमल दाहाल भूकम्प प्रभावित क्षेत्रको अवलोकन गर्न बझाङ  पुगेका छन् ।

प्रधानमन्त्री दाहाल काठमाडौंबाट नेपाल सेनाको हेलिकोप्टरमार्फत शुक्रबार बझाङ आएका हुन् । उनीसँगै  गृहमन्त्री नारायणकाजी श्रेष्ठ, रक्षामन्त्री पूर्णबहादुर खड्का, परराष्ट्रमन्त्री एनपी साउद र प्रतिनिधिसभा सदस्य भानुभक्त जोशी पनि सहभागी छन् । 

क्षतिको अवलोकन गरी राहतको प्रबन्धका लागि दाहाल भूकम्प प्रभावित क्षेत्रमा गएको प्रधानमन्त्रीको निजी सचिवालयले बताएको छ । उनी आजै काठमाडौं फर्कने तालिका रहेको सचिवालयले जानकारी दियो ।

बझाङ केन्द्रविन्दु बनाइ मंगलबार ६ दशमलव ३ म्याग्नेच्युटको भूकम्प गएको थियो । सो भुकम्पले सुदूरपश्चिम प्रदेशका धेरै जिल्लामा क्षति पुर्‍याएको छ । बझाङमा एकजनाको मृत्यु भयो भने प्रदेशभर ७६ वटा घर भत्किए । तीमध्ये बझाङका ६४, बाजुराका ९, बैतडीका दुई र अछामका एक घर छन् ।

प्रकाशित मिति: शुक्रबार, असोज १९, २०८०  १४:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update