Paschim Express
अग्रज पत्रकार धामीलाई प्रेस स्वतन्त्रता सेनानी सर्वश्री रामबहादुर चन्द पत्रकारिता सम्मान

डडेल्धुरा । डडेल्धुराका अग्रज पत्रकार रामबहादुर धामी सम्मानित भएका छन् । ३ दशकदेखि
सुदूरपश्चिमबाट पत्रकारिता गरिरहेका धामीलाई बैतडीको गोकुरेश्वरमा सम्मान गरिएको हो । 

गोकुलेस्वरमा सम्पन्न भएको दोस्रो संस्करणको दुई दिने चर्मण्वती साहित्य सम्मेलन तथा अन्तर्राष्ट्रिय काव्य गोष्ठीको अवसरमा धामीलाई प्रेस स्वतन्त्रता सेनानी सर्वश्री रामबहादुर चन्द पत्रकारिताले सम्मान गरिएको छ ।

हाल डडेल्धुराबाट प्रकाशन हुने देवभूमी राष्ट्रिय दैनिकका सम्पादक रहेका पत्रकार धामी डडेल्धुराबाट कामना पब्लिकेशनका लागि काम गर्दै आईरहेका छन् । 
 

प्रकाशित मिति: मंगलबार, असार ४, २०८१  १४:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update