Paschim Express
डडेल्धुरामा दुई मोटरसाइकल एक–आपसमा ठोक्किँदा दुर्घटना,  तीनजना घाइते

डडेल्धुरा । डडेल्धुरामा दुईवटा मोटरसाइकल एक–आपसमा ठोक्किँदा तीनजना घाइते भएका छन् ।

मंगलबार जिल्लाको आलिताल गाउँपालिका– ४ को कार्यालय नजिक सोही वडाको  बेल्भाडी बस्ने  १९ वर्षीय कमल बोहराले चलाएको सु प प्र ०१-००१० प ३९९४ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आइरहेको आलिताल– ८ का गणेश भट्टले चलाएको सुपप्र ०१-०११ प ७८०१ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनामा परी चालक कमल, मोटरसाइकलमा सवार आलिताल– ४ बस्ने  १४ वर्षीया खगेश्वरी बोहरा, ११ वर्षीय यसोदा बोहरा घाइते भएका छन् । तीमध्ये खगेश्वरीको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय जोगबुढाले जनाएको छ ।

घाइते तिनै जनालाई उपचारको लागि धनगढी पठाइएको प्रहरीले बताएको छ । अर्का मोटरसाइकल चालक भट्ट भने प्रहरी नियन्त्रणमा रहेको इप्रका जोगबुढाका प्रमुख गगन सिंह भाटले बताएका छन् ।

प्रकाशित मिति: मंगलबार, असार ४, २०८१  १५:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update