Paschim Express
डडेल्धुरामा रिङ्गरोडको कल्भर्ट निर्माणमा कमसल सामग्री, रास्वपाको अनुगमनपछि सिडियोले रोके काम

डडेल्धुरा । डडेल्धुरा सदरमुकाममा निर्माणाधीन रिङ्ग रोडको कल्भर्ट निर्माणमा कमसल सामग्री प्रयोग भएको पाइएको छ ।

बिहिवार राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को टोलीले अनुगमन गर्दा अमरगढी- ५ को कीर्तिपुरदेखि वडा नम्बर ३ आइतबार बजार जोड्ने उक्त सडकको कल्भर्टमा बालुवा गिट्टी भन्दै माटोयुक्त निर्माण सामग्री प्रयोग गरेर पीसीसी ढलान गरिरहेको फेला परेको हो ।

Messenger_creation_c1b28458-5f5c-4c60-ab43-4cd1a67ccd25-1718894717.jpeg
 

साजेन्द्र निर्माण सेवाले बनाइरहेको उक्त कल्भर्ट निर्माणमा बदमासी भइरहेको पाइएपछि प्रमुख जिल्ला अधिकारी अन्जन न्यौपानेलाई निर्माणस्थलमा बोलाएको रास्वपाका जिल्ला सभापति सुरेन्द्र अवस्थीले बताए ।  प्रजिअलेसमेत निर्माण सामग्रीमा कैफियत पाएपछि केही नमुना लगेर गएको उनले जानकारी दिए ।

उनका अनुसार उक्त सडकखण्ड अन्तर्गत दुधिखोलामा निर्माण भइरहेको कल्भर्टमा कमसल काम भइरहेको थियो । 'हामीले पीसीसी भइसकेका अन्य कल्भर्ट पनि हेर्यौ, सबैतिर त्यसरी नै माटो मिसाएर काम भएको रहेछ' उनले भने ।

Screenshot_2024-06-20-19-56-42-725-edit_com.gallery.player-1718894684.jpg
यता प्रजिअ न्यौपानेले पनि अनुगमन गर्दा कमसल सामग्री प्रयोग भएको पाइएको बताएका छन् । उनले सामग्रीको नमुना ल्याएर  निर्माण कम्पनीलाई तत्काल काम रोक्न भनेको जानकारी दिए । 'भोलि नमुनाको गुणस्तर जाँच गर्न पूर्वाधार विकास कार्यालय पठाइनेछ, रिपोर्ट आएपछि मात्रै काम अगाडि बढाउन भनिनेछ, ' उनले भने ।

पूर्वाधार विकास कार्यालय डडेल्धुराको भ्याटसहित २३ करोडमा उक्त साढे ६ किलोमिटर सडक कालोपत्रे गर्न २०८० असारमा ठेक्का सम्झौता भएको थियो । २ वर्षमा काम सम्पन्न गर्ने गरि भएको ठेक्का सम्झतौको काम गत पुस महिनामा सुरुवात गरिएको थियो । 

यो रिङ्गरोड प्रदेशकै गौरवको आयोजना दैजी-पोखरा-ढुङ्गाड-बझाङ राजमार्ग अन्तर्गत पर्छ ।

IMG_20240620_203255-1718894903.jpg
 

 

प्रकाशित मिति: बिहीबार, असार ६, २०८१  २०:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update